महाकाली नगरपालिका बाहेक अन्य सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण

दार्चुला । दार्चुलामा दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये हाल सम्म जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् ।

सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।

आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएका स्थानीय तहका प्रशासकीय भवन निर्माणभएपछि सेवाप्रवाहमा सहजता भएको छ ।

Leave A Reply

Your email address will not be published.