दार्चुला । दार्चुलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आइतबार दिवसको अवसरमा पार्टीले जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी(र्याली) सहित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आइतबार बिहान प्रभातफेरी(र्याली) सहित विभिन्न कार्यक्रम गरी ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली जानकारी दिए । हरेक वर्ष राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन २७ पुसमा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।