गलैनाथ मावि झरकँडाको ६६औँ वार्षिकोत्सवमा के- के भयो ?

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका नं ८ मा रहेको गलैनाथ माध्यमिक विद्यालय झरकडाँको ६६औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

आइतबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनराम जोशीको अध्यक्षतामा सञ्चालन भएको ६६औँ वार्षिकोत्सव तथा अभिवाक दिवसमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको विद्यालय स्रोतले जनाएको छ ।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष केशव राज जोशी, वडा नं २ का वडा अध्यक्ष नरेन्द्र बहादुर पाल, नेकपा(एमाले) जिल्ला कमिटी दार्चुलाका पूर्व अध्यक्ष राम दत्त जोशी, वडा नं ८ का पूर्व वडा अध्यक्ष अजव विष्ट लगायतको आतिथ्यता रहेको शिक्षक नारायण जोशीले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तुलसी सुवेधीले विद्यालयको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरे । प्रस्तुत बिवरण अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय १ करोड ५२ लाख ४५ हजार २ सय ५९ रुपैँया २७ पैँसा रहेको छ भने सोही अवधीको व्यय १ करोड ४७ लाख ९० हजार १ सय ९१ रुपैँया ५८ पैँसा रहेको छ ।

Leave A Reply

Your email address will not be published.