दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको फन्को ,के भन्छ नेपाली प्रशासन ?

दार्चुला । नेपाली आकाशमा भारतीय पक्षले अनाधिकृत रुपमा आफ्नो हेलिकप्टर उडाएको छ ।

नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले दार्चुलास्थित नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएको हो । जिल्ला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाइरहेको महाकाली नगरपालिकाका स्थानीय नरी ऐरीले जानकारी दिए ।

भारतीय हेलिकप्टर खलंगाको आकाशमा फन्को लगाएर जान्छ,’ उनले भने, ‘सरकारी अड्डामाथि हेलिकप्टरले फन्को लगाउँछ ।’ भारतीय पक्षले नेपाली आकाशमा हेलिकप्टर उडाउनका लागि नेपाली प्रशासनसँग कुनै समन्वय गरेको छैन । भारतीय पक्षले नेपाली आकाश प्रयोगका लागि कुनै औपचारिक जानकारी नगराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भारतीय पक्षलाई नेपाली आकाशमा विना अनुमति हेलिकप्टर किन् उडाएको बारे जानकारी मागिएको बताएका छन् । जवाफमा भारतीय पक्षले हेलिकप्टर ल्याण्डगर्न प्राविधिक समस्या आएको र अब देखि यस्तो समस्या नदोहोरिने प्रतिक्रिया दिएको प्रजिअ पौडेलले बताए ।

दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षले पटक पटक नेपाली आकाशमा विना अनुमति हेलिकप्टरको फन्को लगाउँदै आएको छ । यसअघि पनि धेरै पटक नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले दार्चुलाको आकाशमा हेलिकप्टर उडाएको थियो । बिना जानकारी नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएपछि नेपाली नागरीकहरुले आपती जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.