दार्चुलामा राष्ट्रिय योग दिवस मनाउन समन्वय इकाईको निर्देशन,मालिकार्जुनमा योग महोत्सव हुने

दार्चुला । दार्चुलामा राष्ट्रिय योग दिवस मनाउन शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गदैँ कार्यालयले जिल्ला स्थित सरोकारवाला सम्पूण, संघ संस्था, तथा निकायहरुलाई राष्ट्रिय योग दिवस मनाउन निर्देशन दिएको हो ।

आगामी माघ १ गते “स्वस्थ्य समाज,समृद्ध नेपाल र विश्व शान्तीका लागि योग”भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाउन निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख लक्ष्मी प्रसाद जोशीले जानकारी दिए ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रको प्रत्राचार अनुसार आफ्नो परिवेश अनुकुल विविध कार्यक्रम गरी यस वर्षको राष्ट्रिय योग दिवस मनाउन परिपत्र अनुसार दार्चुलामा पनि योग दिवसको व्यवस्था मिलाउन अनुरोध गरिएको उनले बताए ।

यसैविच जिल्लाको मालिकार्जुन गाउँपलिकाले राष्ट्रिय योग दिवसलाई योग महोत्सवका रुपमा मनाउने भएको छ । पौष २२ गते बसेको अध्यक्षस्तरीय बैठकले पालिकामा राष्ट्रिय योग दिवसलाई महोत्सवका रुपमा मनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले बताए ।

सो अवसरमा ढाड कम्मर दुख्ने,नसा च्याप्पिने ,टाउँको दुख्ने ग्याष्टिक पाइल्स लगायतको उपचारात्मक योग विज्ञान आयुर्वेद तथा प्राकृचिक चिकित्सा सम्बन्धी परीक्षण गरिने भएकाले सेवालिन हुन पालिका बासीमा गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.