दार्चुला । दार्चुलाको लेकम गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । गाउँपालिकाको वडा – ३ स्थित कृष्ण माध्यमिक विद्यालय लालीको खेलमैदानमा आइतबारबाट प्रतियोगिता सुरू भएको हो ।
गाउँपालिकाको सामाजिक विकास समिति संयोजक, गाउँपालिका प्रवक्ता एवं वडा – ३ का वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राम दत्त जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ।
प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशी, विभिन्न वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
प्रतियोगिता अन्तरगत आज ४ वटा खेलको फाइनल चरण सम्पन्न भएको गाउँपालिकाका रोजगार सहसयोजक तथा वडा ५ का वडा सचिव दिपक सिंह धामीले जानकारी दिए ।
