दार्चुला । दार्चुलामा लक्ष्मणराम टमटा मूत्यु प्रकरणमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा –७ ‘धरमपानी’का ४० वर्षिय लक्ष्मण राम टमटा मृत्यु पछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
माघ १ गते राती डिन्सी निवासी महेश पालको घरगोठमा टमटा मृत फेलापछि प्रहरीले उनी सहित ९ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले मृत फेला परेका घरधनी महेशकी श्रीमती सहित ९ जना स्थानीयलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । टमटा मृत फेला परेका घरधनी महेश पाललाई समेत
प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले कंन्चपूरबाट पक्राउ गरेको जनाएको छ । टमटा मृत फेला परेपछि उनी फरार रहेका थिए । प्रहरीले उनलाई माघ ५ गते कंन्चपूरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी महतले बताए ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले उनीहरु माथिको अनुसन्धान नसकिएको भन्दै नाम गोप्य राखेको छ ।