दार्चुला । रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चुनाव प्रचारप्रसारका लागि सुदूरपश्चिम दौडाहाका क्रममा बुधबार बेलुकीतिर दार्चुलाको गोकुलेश्वर पुगेका हुन् ।
वरिष्ठ नेता शाहले आज डडेलधुरा, बैतडी र दार्चुला एकैदिनमा पुरा गरि आजै बझाङको बुंङगल गएको रास्वपाका जिल्ला सभापति राजेश सामन्तले जानकरी दिए ।
उनले आजै राती ८ बजे बझाङको बुंङगलमा कार्यकर्ताहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा वरिष्ठ नेता बालेन शाहले डडेलधुराका उम्मेदवार डा. तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा उल्लेखनीय भिड देखिएको थियो ।


