रुख चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई जिताउन बडूको अपिल

दार्चुला । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स् जारी गर्दै कांग्रेसको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल जारी हुन ।

देशमा विकसित पछिल्लो विषम र विशेष राजनीतिक परिवेश भित्र रहेर चुनावी प्रतिस्पर्धामा रहेका १६५ क्षेत्रका सम्पूर्ण उम्मेदवारहरु लाई समस्त आदरणीय जनता जनार्दन बाट प्राप्त हुने विजयको आशिर्वाद सहित आफ्नो अमूल्य मतदान बाट मात्र नेपाली कांग्रेस आगामी संसदमा स्पष्ट बहुमतका साथ सबैभन्दा ठूलो दल बन्न संभव रहेकाले सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गर्न आह्वान गरेका छन् ।

यसले गर्दा जोखिममा परेको देशको संविधान,लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा , सुशासन, कानूनी राज्य तथा समुन्नत नेपालको सपना साकार हुने अवस्था पनि शुनिश्चित हुने उनले बताएका छन् । वर्तमान समयमा सभापति गगन कुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसको “ बदल्यौ कांग्रेस , बदल्छौ देश“ भन्ने संकल्प पनि सार्थक र सफल हुने उनले विश्वास व्यक्त गरेका छन् ।

यस्तो छ बडूको अपिल
देशमा विकसित पछिल्लो विषम र विशेष राजनीतिक परिवेश भित्र यहि २०८२ फागुन २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य को निर्वाचनमा भावी प्रधानमन्त्रीका लागि समेत प्रस्तावित, दोश्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित नेपाली कांग्रेसका वर्तमान सभापति गगन कुमार थापाको नेतृत्वमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका सम्पुर्ण उम्मेदवारहरु लाई बधाई का साथै सानदार विजयको हार्दिक शुभकामना !
लोकतन्त्रमा ( लोक) जनता नै जनार्दन हुन्छन् भन्ने मान्यतालाई आत्मसात गर्दै पार्टीका तर्फबाट आदरणीय सभापतिले विगतमा आफू लगायत पार्टी नेतृत्वगण बाट जानी नजानी भए गरेका गल्तीहरुका लागि आत्म-आलोचना सहित आदरणीय जनता जनार्दन सामु सार्वजनिक रुपमै निसंकोच क्षमा याचना गर्नु भएको सर्वविदितै छ । जुन सर्वथा सकारात्मक छ। तसर्थ,नेतृत्ववाट पार्टीमा आन्तरिक सुधार, पुस्तान्तरण र रुपान्तरणको स्पष्ट प्रतिबद्धता सहित नेपाली कांग्रेसवाट चुनावी प्रतिस्पर्धामा रहेका १६५ क्षेत्रका सम्पूर्ण उम्मेदवारहरु लाई समस्त आदरणीय जनता जनार्दन बाट प्राप्त हुने विजयको आशिर्वाद सहित आफ्नो अमूल्य मतदान बाट मात्र नेपाली कांग्रेस आगामी संसदमा स्पष्ट बहुमतका साथ सबैभन्दा ठूलो दल बन्न संभव छ।यसरी मात्र जोखिममा परेको देशको संविधान,लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा , सुशासन, कानूनी राज्य तथा समुन्नत नेपालको सपना साकार हुने अवस्था पनि शुनिश्चित हुनेछ ।अनि मात्रै, वर्तमान समयमा सभापति गगन कुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसको ” बदल्यौ कांग्रेस , बदल्छौ देश” भन्ने संकल्प पनि सार्थक र सफल हुनेछ। यस अभियानमा नेपाली जनताको आशिर्वाद प्राप्त हुनेमा हामी विश्वस्त छौ।
यसै विश्वास साथ , समस्त आदरणीय मतदाताहरुमा सादर अनुरोध – नेपाली कांग्रेसको चुनाव चिन्ह “रुख”🌳 मा मतदान गरौ, नेपाली कांग्रेसलाई भारी बहुमतवाट विजयी गराऔ।
सादर अभिवादन
जय नेपाल ।

 

Leave A Reply

Your email address will not be published.