बैतडीमा एक पुरुष मृतफेला

बैतडीको सिगास गाउँपालिका- १ दुदिलाखानका ३५ बर्षीय खडकबहादुर विष्ट आज मृत फेला परेका छन्।

हिजो राति ९ बजेतिर घरबाट बजार जान्छु भनि निस्केका बिष्ट घरबाट नजिकैको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

घटनाको अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थल पुगेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.