पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना पुष्टि, ६ जनाको ज्यान गयो

दार्चुला – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् तीन सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका तीन सय ६ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार नौ सय ६६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार दुई सय ७४ जना पुगेको छ ।

यही अवधिमा ६ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७७ पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय १५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा दुई सय २२ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप १५ हजार नौ सय ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.