Naya Sadar
Badar

कांग्रेसको आसन्न अधिवेशनका लागि बैतडीका दुवै टिम प्रचार प्रसारमा

Sadar Sano

दार्चुला – नेपाली कांग्रेसको आसन्न अधिवेशनका लागि बैतडीका दुवै टिम प्रचार प्रसारमा जुटेकाछन् । उनिहरु अहिले गाउँघरमा क्षेत्रिय प्रतिनिधि भेटघाट कार्यक्रममा ब्यस्त रहेकाछन् । यसैबिच जिल्ला सभापतिका उमेदवार चतुर बहादुर चन्दको प्यानलले आज बैतडी निर्वाचन क्षेत्र न ख का लागि प्यानल घोषणा गरेको छ ।

Naya Mat patra

मेलौली स्थीत द्धारीका देबि ठकुरानी प्रतिष्ठान सदनमा बसेको बैठकले शिवराज भट्टलाई क्षेत्रिय सभापतिमा अघि सारेको छ । यसैगरी उप सभापतिका लागि मोहन चन्द र नरेश बहादुर चन्दलाई उमेदवार बनाएको छ भने, सचिवका लागि धनबहादुर क्षेत्री र देव दत्त भट्ट लाई अघि सारिएको छ ।

यसैगरि क्षेत्रिय सहसचिवमा महेश बिष्ट र महादेव सिंह धनाडीलाई अघि सारिएको सचिवका उमेदवार धनबहादुर क्षेत्रिले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.