महाकाली-९ मा कांग्रेस उम्मेदवार जोशीको भव्य स्वागत (फोटो फिचर)

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसार टोलीले आज महाकाली नगरपालिकाको वडा -९ अन्तर्गत दत्तु, साकार, थाप्ला, उलेनी, खोली र वेत गाउँमा निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आम मतदाता, कांग्रेसका अगुवा नेता तथा कार्यकर्तासँग घरदैलो गर्दै जोशीले जनताको सुझाव र अपेक्षा सुनेका थिए। दार्चुला कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दल दार्चुलाका अध्यक्ष सुरेन्द्र बमका अनुसार गाउँ–गाउँमा उम्मेदवार जोशीप्रति उत्साह, विश्वास र समर्थन बढ्दै गएको बताए ।

प्रदेश क्षेत्रीय कार्यसमिति ‘क’ का सचिव पुष्कर जोशीले परिवर्तनको चाहना जनतामा स्पष्ट देखिएको बताउँदै स्वच्छ छवि, इमानदार र बदनामरहित उम्मेदवारका रूपमा धर्मानन्द जोशीलाई अघि सारिएको उल्लेख गर्नुभयो। स्थानीय जगत ढाटले विगतमा काङ्ग्रेस नेतृत्वमा विकासको अनुभूति भएको भन्दै यसपटक पनि विकासवादी सोच भएका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका कोषाध्यक्ष हंसराज भट्ट, महाधिवेशन प्रतिनिधि सुना बोहरा, नेता महेन्द्र बडु, नेविसंघ उपाध्यक्ष भुवन धामी लगायतको सहभागिता रहेको थियो।

थप पाँच तस्बिरमा हेर्नुस्

Leave A Reply

Your email address will not be published.