Naya Sadar
Badar

दोगडाकेदार गाउँपालिका वडा नम्बर २ मा नेकपा (एस) को वडा कमिटि गठन

Sadar Sano

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटि गठन गरिएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)का बैतडी जिल्ला सचिवालय सदस्य तथा दोगडाकेदार गाउँपालिकाका सह ईन्चार्ज धन बहादुर कार्की को प्रमुख आतिथ्यता र जिल्ला कमिटि सचिवालय सदस्य लक्ष्मी दत्त जोशीको बिशिष्ट आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले प्रमानन्द भट्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

Naya Mat patra

कमिटिको उपाध्यक्षमा शंकर सिह कार्की र बिरा महरा चयन भएका छन् । यस्तै सचिवमा पद्मा महरा तथा सह सचिवमा कमला कुँवर र माधि लुहार चयन भएका छन् ।

यस अघिदोगाडकेदार गाउँपालिकाको वडा नम्बर ८ मा पनी नेकपा (एकीकृत समाजवादी) को वडा कमिटि गठन गरिएको थियो । नेकपा (एस)ले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटि गठनलाई तिब्रता दिएको जिल्ला कमिटि सचिवालय सदस्य लक्ष्मी दत्त जोशी ले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.