दार्चुला कांग्रेसले सार्वजनिक गर्‍यो ‘प्रतिज्ञा पत्र’ (पूर्णपाठसहित)

विकास र सुशासनसहित पाँच वर्षे दृष्टि समावेश

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा –९ गोकुलेश्वरमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो पाँच वर्षे दृष्टि सहितको चुनावी घोषणापत्र सार्वजनिक गरिएको नेपाली कांग्रेसका सभापति ललित सिह बोहराले जानकारी दिए ।

कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ भनेको छ । प्रतिज्ञा पत्रमार्फत कांग्रेसले विभिन्न भिजनहरू अघि सारेको छ । पार्टीले यो पटक जिल्लामा धर्मानन्द जोशीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिकगदैँ शान्ती सुरक्षा तर्फ लिपुलेक, कालापनी लिम्पियाधुरा लगायत सीमा विबाद कुटनितिक स्तरमा समाधान गर्न पहल गर्ने जनाएको छ ।

यस्तै सिमाक्षेत्रका बासिन्दालाई राज्यबाट प्रदान हुने आधारभुत आवश्यकता सुनिश्चिता गर्न सिमा क्षेत्रमा शान्ती सुरक्षा कायम गराउन राज्यका संरचना थप्ने कृयाशील संरचनाहरुलाई प्रभावकारी बनाउन पहल गर्ने जनाएको छ ।

यस्तै पार्टीले खेलकुद तर्फ जिल्लामा एक सुविधासम्पन्न बहुउद्देशिय रंगशाला निर्माणका लागि सम्बन्धित निकायहरुसंग समन्यगरी आवश्यक पहल गर्ने जनाएको छ ।

प्रत्येक पालिमामा एक एक खेलकुद मैदान निर्माण गर्न सम्बन्धित निकायहरुसंग समन्वय गर्ने आफ्नो घोषणा पत्रमा राखिएको छ । सददरमुकाम स्थित निर्माणाधिन कभर्डहल चालु आर्थिक वर्षमै सम्पन्न गरी संञ्चालनमा ल्याइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.