६ तस्बिरमा हेर्नुहोस् धर्मानन्द जोशीको मार्मामा चुनावी सभा

दार्चुला । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दार्चुलामा उम्मेदवारहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विशेषगरी घरदैलो अभियानलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन्।

यसैबीच नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो घोषणापत्र र विकासका योजनाबारे जानकारी गराइरहेका छन्।

हिजो मात्रै जिल्लाको मार्मा गाउँपालिकामा पार्टीले पहिलो चुनावी आमसभा सम्पन्न गरेको छ । यहाँ नेकपा (एमाले) बाट गणेश सिह ठगुन्ना नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मणदत्त जोशी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिह सामन्त सहित ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.