पुर्व वडा अध्यक्ष कांग्रेसमा प्रवेश

बैतडीको राजनीतिक माहोल निर्वाचन नजिकिँदै गर्दा थप तातिएको छ। सुर्नया गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष हर्कबहादुर पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित पाण्डे पछिल्लो समय एमालेमा सक्रिय थिए। तर बुधबार आयोजित एक कार्यक्रममार्फत उनले औपचारिक रूपमा कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्।
सिगास गाउँपालिकाको गाँजरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति तथा प्रचारप्रसार समिति संयोजक बिरबहादुर बिष्टको उपस्थितिमा पाण्डेलाई स्वागत गरिएको थियो। कार्यक्रममा पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चतुरबहादुर चन्दले उनलाई टीका र खादा लगाएर पार्टीमा भित्र्याएका हुन्।
नेतृत्व तहका व्यक्तिहरू कांग्रेसमा आवद्ध हुन थालेसँगै बैतडीमा चुनावी गतिविधि थप सक्रिय बनेको छ। उपसभापति बिष्टका अनुसार घरदैलो अभियान र भेटघाट कार्यक्रमले कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.