निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा ड्रोन प्रयोगमा रोक

दार्चुला । दार्चुला फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गते राती १२ बजेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म जिल्लाभर कुनै पनि व्यक्ति वा निकायले ड्रोन उडाउन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि अनुमति लिएर सञ्चालनमा रहेका ड्रोनसमेत सो अवधिमा प्रयोग गर्न नपाइने जनाइएको छ । प्रशासनले निर्वाचनको शान्ति–सुरक्षा र मर्यादित वातावरण कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ । सूचनाको उल्लंघन गरी ड्रोन प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

 

दार्चुलामा मदिराजन्य बस्तु बिक्रीबितरण तथा ओसारपसारमा कडाइ

Leave A Reply

Your email address will not be published.