दार्चुलामा निर्वाचन कार्यालयको पत्रकारसँग अन्तरक्रिया

दार्चुला । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका बिषयमा जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शुक्रबार जिल्ला निर्वाचन कार्यालयले स्वच्छ, निश्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सोक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप सिह धामीले जिल्लामा निर्वाचनका लागि अहिले सम्म भएको तयारी, मतदाता शिक्षा कार्यक्रम, जनशक्ति परिचालन लगायतका बिषयमा जिल्लाभित्रका सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको छ ।

जिल्लाको निर्वाचन सम्वन्धी गतिबिधीहरु जिल्लामा क्रियाशिल पत्रकारले उजागर गर्नु पर्ने भन्दै प्रमुख धामीले पत्रकारहरुले सहि र सत्य समाचार लेखेमा निर्वाचन निश्पक्ष र भयरहित हुने बताए । अन्तरक्रिया कार्यक्रममा जिल्लामा क्रियाशिल एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेको बताएका छन् । ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । दार्चुलामा आसन्न निर्वाचनका लागि ११ राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन ।

Leave A Reply

Your email address will not be published.