सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन दार्चुला प्रहरीको अपिल

दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सभ्य एवं सुरक्षित तवरले यस वर्षको होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी कार्यालय दार्चुलाले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो ।

प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले कसैको इच्छाविपरीत रङ, लोला मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए ।  गाजा भाङ चरेसको समेत प्रयोग नगर्न भनेको छ ।

प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ । होली पर्वको बहानामा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.