आबुधावीसहित मध्यपूर्वका अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, हवाइमार्ग बन्द

युएई। आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण सुरु गरेको छ।

आज शनिबार लगातार ड्रोन मिसाल प्रहार गरी आक्रमणको प्रयास गरेको हो । इरानले आक्रमण गरेको जनाएपनि यूएईले यसको स्वतन्त्र पुष्टि गरेको छैन ।

अमेरिकाले आज बिहान इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण सुरु गरेको हो ।

इरानको आक्रमणलाई यूएईले आकाशमै डिस्पोज गरिदिएको छ । आबुधावीका आकाशमा ठूलो धुवाँसहित मुस्लो र ठूलो विस्फोटको आवाज गुन्जिएको छ ।

आबुधावीमा आक्रमण भए पनि यहाँको अवस्था सामान्य छ। यस्तै विष्फोटनका आवाज र ड्रोन हमला कतार र बहराइनमा पनि जारी रहेका छन्।

इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

Leave A Reply

Your email address will not be published.