नौगाड गाउँपालिकाको नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइने

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरेको छ। आइतबार एक सूचना सार्वजनिक गदैँ पालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने जानकारी दिएको छ ।

पालिकाले फागुन २५ गते पालिका सदरमुकाममा स्थापना दिवस मनाउने जनाएको छ । यसैबीच, फागुन २५ गते स्थापना दिवसका अवसरमा एकल तथा सामुहिक प्रतिभा प्रस्तुत गर्न चाहने इच्छुक व्यक्तिले २४ गतेसम्म आफ्नो नाम टिपाउन भनेको छ ।

स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले हरेक वर्ष पालिकाको स्थापना दिवस मनाउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.