दार्चुलाका सबै मतदानस्थलमा पुर्‍याइयो निर्वाचन सामग्री

दार्चुला । दार्चुलाका सबै मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुगेको छ । मतदान अधिकृत , सहायक कर्मचारी र सुरक्षाकर्मीहरू मतपेटका, मतपत्रसहतिका सामग्री सोमबार नै मतदानस्थलमा पुर्‍याइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाभरी ११२ वटा मतदानस्थल र १४३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृतसहति आवश्यक कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था गरिएको निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए । दार्चुलामा कुल ९२ हजार ९४८जना मतदाता रहेका छन् ।

मतदातालाई सहज र सुरक्षति वातावरणमा मतदान गर्न सक्ने व्यवस्था मिलाईएको छ । मतदान केन्द्रहरूमा आवश्यक आधारभूत पूर्वाधार, मतपेटकिा, मतपत्र, मतदाता नामावली तथा अन्य आवश्यक सामग्री समेत पठाइएको छ । मतदानको दिन कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

जिल्लाका संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रमा थप सुरक्षा सतर्कता अपनाइने तयारी भएको प्रमुख जिल्ला अधकिारी अनिल पौडेलले जानकारी दिए । मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन भनिएको छ । कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गरेसँगै जिल्लामा चुनावी माहोल थप तातेको छ । निर्वाचन शान्तपिूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास निर्वाचन कार्यालयले व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.