मतदातालाई धन्यवाद दिंदै ठगुन्नाले भने– तपाईले गरेको विश्वासलाई ईमान्दारिताका साथ बहन गर्ने छु 

दार्चुला । नवनिर्वाचित पूर्वमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य गणेश सिह ठगुन्नाले मतदातालाई तपाईले गरेको विश्वासलाई ईमान्दारिताका साथ बहन गर्ने बताएका छन् ।

ठगुन्नाले मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘सम्पूर्ण दार्चुलेली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु यहाँहरुको अमुल्य मतबाट मलाई विजयी गराउनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

उनले विगतमा जस्तै दार्चुलाका मतदाताको इज्जत, गौरव, सम्मानलाई उच्च स्थानमा राखेर काम गर्ने बताउँदै भनेका छन्, ‘यहाँहरुको अमूल्य मतलाई मैले देश निर्माणमा र जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जना गर्नका लागि आफ्नो निरन्तर उर्जाको रूपमा सदुपयोग गर्नेछु ।’

साथै उनले शान्तीपुण र मैत्रीपूर्ण प्रतिस्पर्धामा सहभागी अन्य राजनीतिक दलहरुका उम्मेदवार तथा कार्यकर्ताहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । दार्चुलाको विकास र समृद्धिका मुल मुद्दाहरुमा सम्पुर्ण पक्षहरुको सहभागितामा साथ सहकार्य गरी अगाडी बड्ने पनि बताएका छन् ।

ठगुन्नाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी १५ हजार ८३६ मत प्राप्त गरेका छन् । रास्वपाका राजेश सामन्तले ८ हजार ९३६ मत ल्याउँदा नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५मत पाए ।

Leave A Reply

Your email address will not be published.