अपिहिमालको खाद्य डिपोमा चामलको मूल्य घट्यो

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा रहेको खाद्य डिपोमा चामलको मूल्य घटेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सार्वजनिक गरेको सूचना अनुसार खाद्य डिपोमा चामलको मूल्य घटेको हो ।

पालिकाको वडा नं ४ स्थित खण्डेश्वरी डिपोमा रहको खाद्य डिपोमा चामलको मूल्य पहिलेको भन्दा अहिले प्रति किलोग्राम ६ रुपैँयाले घटाएको छ । सूचनामा बताए अनुसार अरुवा मोटा चामल पहिले ६२ रुपैँया प्रतिकिलो ग्राममा विक्री हुदैँ आएकोमा अब ६ रुपैँयाले घटाएर प्रति किलोग्राम ५६ रुपैँया कायम गरिएको डिपो प्रमुख जितेन्द्र डगौराले जानकारी दिए ।

यस्तै (एफआर) अरुवा मोटा चामलको मूल्य पहिले ६२ रुपैया रहेकामा अहिले ५६ रुपैयाँ प्रतिकिलो ग्राम कायम गरिएको उनले बताए । स्टिम चिरा मसिनो चामलको मूल्य पनि पहिले ९२ रुपैँया कायम भएकोमा अब ८२ रुपैँया प्रतिकिलो ग्राममा कारोबार हुने उनले बताए ।

यो संगै अब अरुवा मोटा चामल र (एफआर) अरुवा मोटा चामलको मूल्य समान १ हजार ४ सय रुपैँया कायम गरिएको छ । यस्तै स्टिम चिरा मसिनो चामलको मूल्य २ हजार १५० रुपैँया राखिएको छ ।
यो निर्णय हिजो सोमबारबाट लागु गरिएको खाद्य डिपो खण्डेश्वरीले जनाएको छ । अपिहिमाल गाउँपालिका वडा नं ३, ४ र ५ का स्थानीय बासिन्दा खण्डेश्वरीस्थित खाद्य डिपोमै पुगेर चामल लिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.