फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५७२० मै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको ५७२० मा नै कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.