मतदातालाई धन्यवाद ज्ञापन गर्दै गाउँ जादै ठगुन्ना

दार्चुला । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गणेशसिह ठगुन्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ जाने भएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिनुअघि दार्चुलाका ९ वटै स्थानीय तहका मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ जान लागेका हुन् ।

योपटक दार्चुलामा हाम्रो पार्टी नेकपा एमाले र खासगरी मलाई हराउन घोषित अघोषित गठबन्धन बनेका थिए, ठगुन्नाले भने, ‘तर सबै भ्रमलाई चिर्दै जनताले मलाई विश्वास गरेर निर्वाचित गरेपछि गाउँ पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्छु । धन्यवाद ज्ञापन कार्यक्रम कुन क्षेत्रबाट सुरु गर्ने भन्ने विषयमा बिहीबार बस्ने कार्यदल बैठकले तय गर्ने छ ।

एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीका अनुसार धन्यवाद दिन जाने कार्यक्रम सबै पालिका र सम्भव भएका बस्तीसम्म पुग्ने योजना छ । समय निकै कम भए पनि बढि भन्दा बढि ठाउँ पुग्ने कार्ययोजना बनाउँदै छौं उनले भने ।

दार्चुलाबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गणेशसिंह ठगुन्नाले जिल्लामा अधुरा रहेका विकास निर्माणका कामलाई प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.