दार्चुलामा एक जना मृत फेला

दार्चुलामा एक जना मृत फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा –४, बांगाबगर स्थित खानेपानी ट्यांकीनजिक बाँसको झाडीमा एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार सोही नगरपालिका वडा–८, शुरकाँडा बस्ने ४६ वर्षीय शंकरराम चुनारा बिहीबार मृत अवस्थामा फेला परेको बताएको छ । घटनाको बारेमा प्रहरीले अहिले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.