रास्वपा बाट दार्चुलामा उम्मेदवार बनेर पराजित भएका राजेश सामन्तको चुनावी खर्च कति ?

दार्चुला । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दार्चुलामा उम्मेदवार बनेर पराजित भएका रास्वपा जिल्ला सभापति राजेश सिह सामन्तले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलामा पेश गरिएको आधिकारिक विवरण अनुसार उक्त निर्वाचनमा सामन्तले कुल २२ लाख ६९ हजार ४६५रुपैँया खर्च भएको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम उनले आयोगमा उक्त खर्च विवरण पेश गरेको बताएका छन् ।

उम्मेदवार सामन्तले बुझाएको विवरण हेर्दा चुनावमा सबैभन्दा ठूलो रकम पालिका वडा प्रचारप्रसारमा खर्च भएको देखिन्छ। पालिका वडा प्रचारप्रसारमा उनले झण्डै ११ लाख ७० हजार ३ सय रुपैँया खर्च भएको बताएका छन् ।

यस्तै प्रचारप्रसार सामग्री खरिद अन्तर्गत पार्टीको झण्डा,माइक,र व्यानरमा २ लाख ३१ हजार ७५० रुपैँया,छपाई प्रिन्ट, फोटोकपीमा, मतपत्र मतदाता नामावलीमा १ लाख २ हजार ६२० रुपैँया खर्च भएको बताएका छन् ।

यस्तै सवारी साधन भाडामा ४ लाख ४१ हजार १९० रुपैँया खर्च भएको छ । खाना खाजा बासमा २ लाख ६० हजार ६०५ रुपैँया,गित रेकर्डमा ५० हजार मनोनय दर्तामा १० हजार र मतदाता नामावलीमा ३ हजार गरेर जम्मा २२ लाख ६९ हजार ४६५रुपैँया खर्च भएको उल्लेख गरेका छन् । निर्वाचन आयोगले उमेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

Leave A Reply

Your email address will not be published.