पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा बुझाउनले परिपत्र गरेको छ ।

सबै प्रदेशका प्रदेश कार्यसमितिका सभापति, सबै जिल्लाका जिल्ला कार्यसमितिका सभापति र सबै उम्मेदवारहरूहरुलाई कांग्रेसले परिपत्र गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले आ–आफ्नो तर्फबाट विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेको हो ।

अनुशासन समितिको विवरण र निर्वाचन समिक्षा प्रतिवेदनचैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने भनिएको छ । पार्टी संगठनलाई अझ सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले दिइएको कार्य उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ । पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.