दार्चुला । महाकाली नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन्। बेपत्ता हुनेमा व्यास गाउँपालिका–६ पन्तोलीका अन्दाजी १५ वर्षीय धिरज धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी रहेको छ। आज विहानै देखि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ता बालकको खोजीमा लागेका छन् ।
जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्ने धिरज धामी पौडी खेल्ने क्रममा सदरमुकामस्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट बेपत्ता भएका हुन् । साथीहरुसँग पौडी खेल्न गएका धिरज नदीमा डुबेर बेपत्ता भएका थिए ।
उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनी सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत रहेका छन् ।
महाकाली नदीमा पौडीखेल्ने क्रममा दार्चुलामा एक बालक वेपत्ता (भिडिओ सहित )