दार्चुलामा बेपत्ता बालक खोज्न गएको गोताखोर टोली फर्कियो, धिरजको अवस्था अज्ञात

दार्चुला । गत सोमबार (चैत्र २) गते महाकाली नदीमा बगेर बेपत्ता भएका १५ वर्षीय धिरज धामीको खोजीका लागि आएको सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।जिल्ला सदरमुकाम क्षेत्रबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका धामीको खोजीका लागि कैलालीबाट गएको गोताखोर टोलीले दुई दिनसम्म खोजी गरेर फर्किएको हो ।

टोलीले सदरमुकाम क्षेत्रदेखि जोलजीवीसम्म नदी किनारको शंकास्पद स्थानहरूमा खोजी गरे पनि बेपत्ता बालक फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार गोताखोर टोली शनिबार फर्किएको छ भने प्रहरीले नियमित रूपमा खोजी कार्य जारी राखेको बताए ।

सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यरन व्याँस गाउँपालिका–६ हुती पन्तपालीका धामी सोमबार विद्यालय समयमै साथिहरु संग नदीमा पौडि खेल्न गएका थिए । एकपटक नदी पार गरेर पारी पुगेपछि वारी फर्किने क्रममा धामी बगेर बेपत्ता भएको स्थानीयहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.