सुनको मूल्यमा लगातार गिरावट, आज तोलामा साढे ६ हजारले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.