दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नि:शुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । एक पाइला फाउण्डेसन र अपिहिमाल गाउँपालिकाको सहकार्य एव समन्वयमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
यहि चैत्र १७ गते देखि १९ गतेसम्म (३ दिन) स्वास्थ्य शिविर सञ्चालनको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भगत सिह ठगेरे बोहराले जानकारी दिए । विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तिनदिने नि:शुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए ।
खण्डेश्वरी माध्यमिक विद्यालय वडा–४ मा शिविरको आयोजना गरिएको छ । शिविरमा प्राय सबै रोग सम्बन्धि चेकजाँच तथा उपचार हुने भएकाले समस्या भएका नागरीकलाई सहभागी भएर सेवालिन पालिकाले आग्रह समेत गरेको छ ।
शिविरमा आँखामा मोतियाविन्दुको अपरेसन , दाँतको उपचार , कानको उपचार साथै माईनर अपरेसन समेत हुने भएकोले छिमेकी पालिका तथा जिल्लाबासीहरुमा समेत सेवा लिन आग्रह गरिएको पालिका भगत सिह ठेकरे बोहराले जानकारी दिए ।
