आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन तोलामा ६ हजार ५०० रुपैयाँले घट्दै २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तथापि, आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा उक्लिएको छ ।

Leave A Reply

Your email address will not be published.