देउवालाई गगनको प्रश्न– आफ्नै झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दा एक पटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका उम्मेदवारलाई भोट नमागेकोप्रति असन्तुष्टि जनाएका छन्।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाकै झोला बोकेर हिँडेकाहरूलाई उम्मेदवार बनाएको क्षेत्रमा समेत गएर भोट नमागेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘एउटा क्षेत्रमा ५/६ पटक उम्मेदवार भएको नेता मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एक पटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन? त्यो निर्वाचन क्षेत्रमा एक पटक मत माग्नुपर्दैन?’

देउवाको गृह जिल्ला डडेलधुरामा उनीनिकट नेता नैनसिंह महर उम्मेदवार बनेका थिए। तर देउवा भोट हाल्न समेत नगई सिंगापुर उडेका थिए। उनले आफू ५/६ पटक उम्मेदवार भएको क्षेत्रमा मत माग्दिनुपर्ने कर्तव्य हो कि होइन ? भन्दै प्रश्न गरे।

Leave A Reply

Your email address will not be published.