बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू केन्द्रीय समिति बैठकलाई बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए ।

अब केहीबेरमा संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ । शाहलाई फागुन २१ को निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.