मन्त्रीहरुको रोलक्रममा भाँडभैलो (सूचीसहित)

दुईपटक मन्त्री भएका शिशिर र विराज सुधनभन्दा पछाडि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका १४ जना मन्त्रीको रोलक्रममा समेत रास्वपाभित्रको आन्तरिक शक्ति संघर्षको संकेत झल्केको छ । मन्त्रीहरुको सूचीमा प्रधानमन्त्रीलगत्तै दोस्रो वरियतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राखिएको छ भने त्यसपछिको हैसियतमा सुदन गुरुङ छन् ।

गुरुङपछि परराष्ट्रमन्त्री शिशिर खनालको वरियता देखिन्छन । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका सुनिल लम्साल पाँचौ नम्बरमा छन् ।

जबकी खनाल यसअघि शिक्षामन्त्री भइसकेका छन् । वरियतामा बालेनपछि रविको मान्छे वाग्ले, त्यसपछि बालेनको मान्छे भनेर चिनिएका सुदन र उनीपछि मात्रै पहिले नै सांसद र मन्त्री भएका खनाल चौथो नम्बरमा राखिएको अवस्था छ । रविको मान्छे भनेर चिनिएका खनालपछि चौथो वरीयतामा बालेन निकटस्थ सुनिल लम्साल छन् । लम्सालपछि ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ छन् । विराज पनि यसअघि मन्त्री भइसकेका तर लम्साल पहिलो पटक मन्त्री बनेका हुन् । वरियतामा बालेनको मान्छे सुनिल रविका श्रेष्ठभन्दा अगाडि देखिन्छन् ।

विराजपछि पर्यटनमन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको वरियताक्रम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी निशा मेहता नवौँ वरियतामा छिन् भने उनीपछि सञ्चारमन्त्री विक्रम तिमिल्सना तोकिएको छ । क्याबिनेटमा महिला तथा बालबालिकामन्त्री सीता वादीको वरियता सबैभन्दा पछाडि छ ।

त्यसअघि कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी, कानुनमन्त्री सोबिता गौतम र श्रम तथा रोजगारमन्त्री दिपक साहको वरियताक्रम निर्धारण गरिएको छ । यसअघि सांसद भइसकेकी गौतमलाई वरीयताको १२ औं नम्बर तोकिएको छ । जबकी पहिलो पटक सांसद र मन्त्री भएकाहरु सात जनाभन्दा पछाडि उनको स्थान तोकिएको देखिन्छ । गौतम पनि रवि निकटस्थ हुन् ।

Leave A Reply

Your email address will not be published.