दार्चुला सहित सुदूरपश्चिममा प्रहरीलाई हाई अलर्टमा रहन सर्कुलर, बिदा स्थगित

काठमाडौं । देशमा नयाँ सरकार गठन र पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै दार्चुला सहित सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षा निकायलाई हाई अलर्टमा बस्न सर्कुलर भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराका अनुसार देशमा विकसित अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनर गर्दै हाई अलर्टमा बस्न निर्देशन आएको जानकारी दिए । ‘आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ,’ उनले भने, ‘सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको छ ।’

गत भदौ २३ र २४ भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको पक्राउपछि सुरक्षा चुनौती बढ्ने आशंका छ,’ प्रदेशका एक प्रहरी अधिकारीले भने, ‘पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि प्रदेशमा पनि हाई अलर्ट जारी भएको हो ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार हुल तथा दंगा व्यवस्थापनसम्बन्धी अभ्यासहरू सञ्चालन गर्न पनि निर्देशन दिइएको छ । यस्तै, सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट पनि स्ट्यान्डबाई बस्न निर्देशन आएको बताइएको छ ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्दै बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.