व्यासँ गाउँपालिका उपाध्यक्षद्धारा अख्तियारमा उजुरी

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुवरले अख्तियारमा उजुरी दिएका छन् । फर्निचर खरिदमा गाउँपालिकामा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्ष कुवरले अख्तियारमा उजुरी दिएका हुन ।

व्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२मा गाउँपालिकाको कार्यालय भवन व्यवस्थापन र वडा नंम्बर ५ को कार्यालय व्यवस्थापनमा फर्निचर खरिदमा अनियमितता भएको भन्दै पालिका उपाध्यक्ष कुवरले अख्तियारमा उजुरी दिएको बताएका छन् ।

उपाध्यक्ष कुवरले भवन व्यवस्थापन र कार्यालय व्यवस्थापन अन्तरर्गत फर्निचर, दराज, कार्पेट,सोफा लगायतका साम्रगीमा अनियमितता देखिएकाले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय महेन्द्रनगरमा उजुरी गरेको जानकारी दिए ।

यस्तै पालिकाको निवावसको लागि निर्माण गरिएका पलंङ लगायतका सामग्रीको दररेट बजार दररेट भन्दा उच्च रहेको र कुनै साम्रगीको गुणस्तर दररेट अनुसारको नभएको भन्दै छानविनका लागि अख्तियारमा उजुरी गरेको उनको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.