दार्चुलामा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा -४ ओसिल कोदेखालामा जिप दुर्घटना भएको छ । मंगलबार आज विहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१ -००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सबइन्जिनियर मनिषा पाल र सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत भरत तितराको घटनास्थलमै ज्यान गएको छ ।

शैल्यशिखर नगरपालिका वडा -४ ओसिलमा योजना अनुगमन गर्न गएको जिप मंगलबार आज विहान ९ बजेतिर दुर्घटनामा परेको थियो । सोही जिपमा सवार अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा शैल्यशिखर नगरपालिका वडा -४ बस्ने अकबर महर, सोही ठाउँका गाडी शाहु विक्रम महर, चालक प्रकाश ठगुन्ना, र मालिकार्जुन गाउँपालिका वडा -५ डाडाकोट बस्ने मिनबहादुर पाल घाइते भएको वडा अध्यक्ष रामसिह ठगुन्नाले जानकारी दिएका छन् ।

जिप दुर्घटनाबारे अहिले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.