जिप दुर्घटनाका घाइतेलाई धनगढीसम्म पुर्‍याउन हेलिकप्टरको व्यवस्था गरिदिन नगरपालिकाको प्रशासनसंग आग्रह

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा–४ ओसिलमा भएको जिप दुर्घटनाका घाइतेहरुलाई गोकुलेश्वरमा उपचारसम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिने भएको छ ।यसका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलासंग तत्काल हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

मंगलबार नगपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम साहले एक सूचना जारी गदैँ जिप दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि रिफर गर्नुपर्ने भएकाले हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका हुन ।

ओसिलमा भएको जिप दुर्घटनामा परी सिंचाई डिभिजन कार्यालय दार्चुलामा कार्यरत दुई जनाको घटनास्थलमै मुत्यु भएको छ । बाकी ४ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई थप उपचारका लागि धनगढी रिफर गर्न हेलिएम्बुलेन्स उपलब्ध गराइदिन हुन नगरपालिकाले प्रशासनसँग अनुरोध गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.