काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश

काठमाडौं । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो ।

उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।

तर, उनलाई हाजिरी जमानीमा छाड्न आदेश भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.