दार्चुला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म दार्चुलामा आर्थिक गणना गरिने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार, गणनाका लागि १८ जना गणक र तीनजना सुपरीवेक्षक परिचालन गरिनेछन् ।
आर्थिक गणना कार्यालयका प्रमुख निरज ओझाका अनुसार, जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण संकलन गरिने बताएका छन् ।
आर्थिक गणना ०७५ को तथ्यांकअनुसार दार्चुला जिल्लामा ३ हजारको हाराहारीमा विभिन्न प्रतिष्ठान दर्ता भएको बताएका छन् । आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रहरुको गणना गरिने कार्यालयले जनाएको छ ।
यसपटक जिल्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय दार्चुलाले जनाएको छ ।
आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गणना अधिकारी ओझाले जानकारी दिए ।