लेखकपछि ओलीको बयान

काठमाडौं । जेनजी प्रकरणमा समातिएका नेपाली कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको बयान शुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आजदेखि उनीसँग बयान लिन थालेको हो ।

कार्यालयका प्रमुख तथा सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार लेखकको बयान सकिएपछि प्रहरी हिरासतमा रहेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बयान शुरु हुनेछ । ‘बयान क्रमश: हुनेछ,’ उनले भने ।

गत भदौ २३ र २४ गतेको जेनजी घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि ज्यान मुद्दामा कारबाही सिफारिस गरेपछि चैत १४ गते दुवैलाई प्रहरीले निवासबाट नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका लेखक र स्वास्थ्य उपचारका लागि शिक्षण अस्पताल पुर्याइएका ओलीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.