महेश बस्नेतलाई राहत, पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट खारेज

काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै शोभा पाठकले दिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ । न्यायाधीश सोमकान्त मैनाली र केशव प्रसाद अधिकारीको इजलासले बुधबार उक्त निर्णय सुनाएको हो ।

पाठकले दुई वर्षअघि बस्नेतविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर पर्याप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पाठकले दिएको रिट यसअघि पनि खारेज भएको थियो ।

पछि पूरक जाहेरी दिँदै पुन: अनुसन्धान र कारबाही माग गरिए पनि सरकारी वकिल कार्यालयले फेरि मुद्दा नचलाउने निर्णय गर्‍यो । त्यसविरुद्ध परेको रिट पनि अदालतले खारेज गरेको हो ।

उच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट समेत कारबाही प्रक्रिया अघि बढिरहेको देखिएकाले परमादेश जारी गर्न आवश्यक नदेखिएको ठहर गरेको हो ।

Leave A Reply

Your email address will not be published.