ओली र लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले गृहमन्त्री लेखकको बयान सम्पन्न भएको देखिएको र ओलीको बयान कार्य भइरहेको भन्ने उल्लेख भएको भन्दै दुई दिन म्याद थप गर्ने आदेश भएको हो । ओली अस्पताल भर्ना भएकाले भर्चुअल म्याद थप भएको हो । यसअघि जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको थियो ।

Leave A Reply

Your email address will not be published.