जिल्ला अस्पताल दार्चुलाको अध्यक्षमा तोरन प्रसाद अवस्थी नियुक्त

दार्चुला । जिल्ला अस्पताल दार्चुलाको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा तोरन प्रसाद अवस्थी नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले जिल्ला अस्पताल दार्चुलाको अध्यक्षमा अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

महाकाली नगरपालिका–५ घर भएका अवस्थी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।

राजनीतिका साथै सामाजिक क्षेत्रमा क्रियाशील अवस्थीले प्रदेश सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.