दार्चुलाका तीन वटा स्थानीयतहले पाए प्रमुख प्रशासकीय अधिकृत (पुर्णपाठसहित)

दार्चुला । हिमाली जिल्ला दार्चुलाका तीनवटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतहरु पाएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये एकैदिन तीनवटा गाउँपालिकाहरुले प्रमुख प्रशासकीय अधिकृत पाएका हुन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलामा एक साथ तीनवटा स्थानीय तहका लागि अधिकृत खटाएको छ । मन्त्रालयले जिल्लाको अपिहिमाल, मालिकार्जुन र व्यासँ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ ।

जसमध्ये अपिहिमालमा लोकेन्द्र बहादुर विष्ट मालिकार्जुनमा विष्णु साहनी र व्यासँ गाउँपालिकामा हरि पौडेललाई नयाँ प्रमुख प्रशासकीय अधिकृत रुपमा खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरू अनुभवी कर्मचारीहरू रहेका छन्। उनीहरूले स्थानीय सरकार सञ्चालन, बजेट कार्यान्वयन, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.