सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको छ । तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको महासंघको भनाइ छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।

यता, हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

 

Leave A Reply

Your email address will not be published.